विराजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं, १६ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्।

विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्यास घोषणा गरेका हुन्। आजको खेलमा ८९ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदान प्रवेश गरेका थिए। खेल सकिएपछि विराजलाई काँधमा बोकेर खेलाडीले मैदान परिक्रमा गराएका थिए।

फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेल समापन समारोहमा विराजलाई ब्लेजर लगाइदिँदै उनको बिदाइ गरेका थिए।

राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान उनको नाममा छ। यससहित विराजले नेपालका लागि ७३ खेल खेलेका छन्।

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियन्ससिपमा विराजले पूर्वकप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ खेलको कीर्तिमान भंग गर्दै आफ्नो नाममा सर्वाधिक खेलको कीर्तिमान लेखाएका थिए। विराजले २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।

विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्न्यास घोषणा गरेका हुन्। विराजले २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। विराजले ७३ अन्तर्राष्ट्रिय खेल खले।

विराजले २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए। सन् २०१५ मा तत्कालीन कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङमा मुछिएपछि विराजलाई नेपाली टोलीको नेतृत्व दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here