काठमाडौं, १७ चैत । अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले पूँजी वृद्धि गर्न २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावसहित आगामी वैशाख ७ गते साधरण सभा बोलाएको हो । कम्पनीले बैशाख ७ गते मंगलबार त्रिपुरेश्वर स्थित वल्ड ट्रेड टावरमा सभा आह्वान गरेको हो ।
कम्पनीले, सभामा अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
यसैगरी, कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को वासलत, नाफा नोक्सान, आयव्यय विवरण प्रस्तुत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधरणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेन्डा लैजाने भएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।