एनएमबि बैंकद्वारा बचत खातामा बिमा दावी भुक्तानी

काठमाडौं, १७ चैत । एनएमबी बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमा बापत बिमितले पाउने १० लाख रुपैयाँ बैंकले हस्तान्तरण गरेको छ।

बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बिमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको उक्त खाता योजनामा शून्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले शिखर ईन्स्योरेन्स मार्फत् उक्त भुक्तानी प्रदान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here