उपत्यकामा फेरि बर्ड फ्लू भेटियो, १५ सय पन्छी नष्ट

फाइलफोटो

काठमाडौं, १७ चैत । उपत्यकामा फेरि बर्डफ्लू भेटिएको छ । । ललितपुर महानगरपालिका १४ नख्खुमा स्थानिय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लू संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच सय १६ वटा हाँस, ८५४ वटा लोकल कुखुरा र १५४ वटा बट्टाई नष्ट गरिएको जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले ९४४ वटा कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको जनाएको छ । संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि मन्त्रालयले दावी गरेको छ ।

यस अघि फागुनमा बर्डफ्लूको कारण काठमाडौंको तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here