सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतिकित्ता ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८५ हजार ५५० रहेको छ ।

त्यसैगरी, मंगलबार चाँदी मूल्यपनि प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला १२ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here