यस्ता कारणले बढाउछ महिलामा मुटुरोगको जोखिम

काठमाडौं । पछिल्लो समय मुटुरोगीको संख्या दिनप्रतिदिन बढ्दै छ । त्यसमा पनि महिलाको संख्या पुरुषको भन्दा धेरै छ ।

मुटुको रोग जोकोहीलाई पनि हुनसक्छ । मोटोपना, कोलेस्ट्रोल, उच्च रक्तचाप महिला र पुरुषमा हुने मुटुरोगको मुख्य कारण हुन् । तर, यी कारणबाहेक महिलामा अन्य धेरै कारणले मुटुको समस्या निम्तिन सक्छ । अन्य धेरै कारणले मुटुमा असर पर्ने भए पनि तनाब मुटुरोगको कारण हुनसक्छ । तनावले मुटुलाई सीधा क्षति पु¥याउँदैन तर, तनाबले अन्य थुप्रै समस्या निम्त्याउन सक्छ जुन हृदय रोगको लागि महत्वपूर्ण जोखिम कारक हुनसक्छ ।

गम्भीर टाउको दुखाइ, खान मन नलाग्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, मुटुको चाल बढ्ने, ध्यान वा एकाग्रतामा कमी, निद्रामा समस्या, काममा मन नलाग्ने, नकारात्मक सोचाइ तनाबको सङ्केत हुनसक्छ । तनाव र डिप्रेसनले पुरुषको मुटुभन्दा पनि महिलाको मुटुमा अधिक हानी पुर्‍याउन सक्छ ।

मधुमेह भएका महिलामा मधुमेह भएका पुरुषभन्दा मुटुको रोग हुने सम्भावना बढी हुन्छ । लक्षणबिना हुने मधुमेहले साइलेन्ट हृदयघातको बढी जोखिम बढाउन सक्छ । गर्भावस्थामा हुने उच्च रक्तचाप वा मधुमेहको समस्याले भविष्यमा आमामा उच्च रक्तचाप र मधुमेहको दीर्घकालीन जोखिमलाई बढाउन सक्छ । जुन हृदय रोगको कारण बन्न सक्छ ।

महिनावारी रोकिएपछि (मेनोपजपछि) एस्ट्रोजेन हर्मोनको कम स्तरले साना रक्तबाहिकामा रोगको विकास गराउँछ । पुरुषहरूमा भन्दा धुम्रपान महिलामा हृदय रोगका लागि बढी जोखिमको कारक हो । शारीरिक गतिविधिको कमी वा निस्क्रियता पुरुष र महिला दुबैमा मुटु रोगको जोखिम बढाउने कारण हो । तर, पुरुषको तुलनामा महिला धेरै निस्क्रिय हुने बताइएको छ ।

प्रारम्भिक हृदय रोगको पारिवारिक इतिहास पुरुषमा भन्दा महिलामा बढी जोखिम कारक देखिन्छ । युर्माटोइड अर्थराइटिस, लुपस र अन्य विभिन्न सुन्निने समस्याले पुरुष र महिला दुबैमा हृदय रोगको जोखिम बढाउन सक्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here