बेलुका ८ बजेदेखि मेरो शेयरको सेवा अवरुद्ध हुने, शेयर ट्रान्सफर गर्ने समय थपियो

काठमाडौं, १७ चैत । मंगलबार बेलुकादेखी मेरोशेयरको सेवा अवरुद्द हुने भएको छ । प्राविधिक समस्या समाधान गर्न थप सर्भरहरु जडान गर्नु पर्ने भएकोले सेवा अवरुद्ध हुन लागेको सिडीएस एण्ड क्लियारिङ लिमिटेडले जनाएको हो ।

सिडीएसले मेरो शेयरमा सूचना जारी गर्दै चैत १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि सेवा अवरुद्ध हुने हुनाले मंगलबार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाईएको जनाएको छ । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here