घाँस काट्न गएका महोत्तरीका सातजना बालिका र किशोरी सम्पर्कविहीन

काठमाडौं,१८ चैत । घाँस काट्न गएका महात्तरीको भंगहा नगरपालिका-८ धर्मपुरका सातजना बालिका र किशोरी सम्पर्कविहीन भएका छन्।

मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान रहेका स्थानीयले बताएका छन्।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here