महोत्तरीबाट हराइरहेका सातजना बालिका र किशोरी भारतमा भेटिए

काठमाडौं १८ चैत । महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिकारकिशोरीहरु सम्पर्कमा आएका छन्।

उनीहरुलाई भारतबाट उद्धार गरिएको हो । उनीहरु फेला परेको ठाउँ गाउँबाट झन्डै ४० किलोमिटरको दुरीमा पर्छ।

मंगलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिकारकिशोरी अपहरणमा परेको अनुमान थियो।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकाहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान रहेका छन्।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका थिए ।