सात महिनापछि कारोबारमा आएको एनआईसी एशिया लघुवित्तको माग उच्च, बिक्रीकर्ता शुन्य

काठमाडौं, १८ चैत । सात महिनापछि बुधबारबाट कारोबारमा आएको एनआईसी एशिया लघुवित्तको शेयरको माग उच्च भएको छ । समाचार तयार पार्दाको समयसम्म लघुवित्तको १२ लाख २६ हजार २३७ कित्ता शेयर माग रहेको छ।

तर, लघुवित्तको शेयर बिक्रीकर्ता भने शुन्य छन् ।

यद्यपी लघुवित्तको १८ कित्ता शेयर किनबेच भएको फ्लोरसिटमा देखिएको छ । लघुवित्तको ८ कित्ता शेयर ७५७ रुपैयाँमा र थप १० कित्ता शेयर ७८० रुपैयाँमा कारोबार भएको छ।

स्वदेशी लघुवित्त र एनआइसि एशिया लघुवित्तको मर्जरपश्चात एनआइसि एशिया लघुवित्तको शेयर कारोबार फुकुवा भएर बुधबारदेखि कारोबारमा आएको हो ।

मर्जरपछि लघुवित्तको पहिलो कारोबारको लागि नेप्सेले शेयरमूल्य ७६५.१२ रुपैयाँ निर्धारण गरेको थियो ।

दोस्रो धेरै माग नेपाल इन्फास्ट्रक्चर बैंकको रहेको रहेको छ । समाचार तयार पार्दाको समयसम्म बैंकको १३ हजार ७०४ कित्ता शेयर माग रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here