टीएमएसमा समस्या, लगानीकर्ताले कारोबार गर्न पाएनन

काठमाडौं, १८ चैत । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएको छ।

कारोबार सुरु भएको करिब १ घण्टापछि टीएमएसमा समस्या देखिएको हो । नेप्सेले सूचना जारी गर्दै प्रविधिक समस्या आएकोले समस्या समाधान भैरहेको जनाएको छ ।

ट्रेड म्यानजमेन्ट सिस्टम (टीएमएस) नखुलेपछि लगानीकर्ताहरु कारोबार गर्न वञ्चित भएका छन् । नेप्सेले समस्या समाधनका लागि काम भइरहेको भन्दै केही समयपछि मात्रै टीएमएस खुल्ने बताएको छ ।

पटक पटक एउटै समस्या दोहोरिरहँदा समेत नेप्सेको वेवास्ताका कारण समस्या हल हुन सकेको छैन । सेयर कारोबारबापत करोडौं रुपैयाँ अशुले पनि नेप्सेले अनलाइन सिस्टमलाई भरपर्दो र प्रभावकारी बनाउन नसक्दा सधैं हैरानी र नोक्सानी व्यहोर्नु परेको लगानीकर्ताहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here