सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड अर्को साता

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आगामी साताको शुक्रबार (चैत २७ गते) हुने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि–अलटमेन्टको काम भइरहेको कारण आईपीओ बाँडफाँड आगामी साताको शुक्रबार हुने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ । ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ । यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here