शेयर कारोबारको समय १ घण्टा थप

काठमाडौं, १८ चैत । शेयर कारोबार समय थप गरिएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले अनलाइन प्रणाली टीएमएसमा समस्या आएपछि आजका लागि कारोबार समय १ घण्टा थप गरेको हो ।

नेप्सका अनुसार आज ४ बजेसम्म शेयर कारोबार खुल्ला हुनेछ । यसअघि नियमित समयमा ३ बजेसम्म कारोबार हुने भए पनि आज टीएमएसमा सम्स्या आउँदा करिब १ घण्टा काराबार हुन नसकेपछि समय थप गरिएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here