अब गुगल म्यापको सहयोगमा यसरी खोज्नुहोस् प्रदुषण कम भएको बाटो

काठमाडौं । गुगल म्यापले यात्राको क्रममा बाटोको विषयलाई लिएर हुने समस्यालाई निकै कम गरेको छ । उक्त म्यापको नचिनेको बाटोमा पनि सजिलै पुग्न सकिने व्यवस्था त हामी सबैलाई थाहा नै छ ।

यसको साथसाथै पछिल्लो समय गुगल म्यापले एउटा नयाँ प्रविधि थप गरेको छ । गुगल म्यापको नयाँ फिचर्सले प्रदुषण कम भएको बाटोको बारेमा जानकारी दिने कम्पनीले बताएको छ । साथै कुन बाटो यात्रा गर्न योग्य छन् भन्ने कुराको बारेमा पनि जानकारी दिनेछ ।

मंगलबार घोषणा गरेको कम्पनीको नयाँ फिचर्सले तपाईंलाई त्यही बाटोबाट यात्रा गराउने छ जहाँ सबैभन्दा कम प्रदुषण हुन्छ ।

पहिले यात्रा गर्न योग्य बाटो देखाउछ

गुगलले यस नयाँ प्रविधिको सुरुवात अमेरिकाबाट गरेको थियो । साथै मंगलबारबाटै अन्य धेरै देशमा पनि यो सेवा सुरु भएको थियो । जसमा गुगल म्यापले नै प्रदुषण कम भएको बाटोलाई सबैभन्दा पहिले देखाउछ । यस कार्यको सहयोगमा गुगलले जलवायु परिवर्तन घटाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

प्रदुषण कम भएको बाटोबाट यात्रा गर्दा धेरै समय लाग्ने अनुभव भएमा समय कम लाग्ने बाटो पनि गुगल म्यापले देखाउने छ ।

यस्ता छन् फाइदा

गुगल म्यापका निर्देशक रसल डिकरले भने कि हामीले भर्खर विश्वको आधा पर्यावरणमैत्री मार्गहरूको बारेमा थाहा पाएका छौं । तर, हामी अझै बढी तरिकाहरू खोजिरहेका छौं जुन कम समयमा र कम कार्बन उत्सर्जनको साथ यात्रा पूरा गर्न सकिन्छ । यसले व्यक्तिहरूको समय र ईन्धन बचत गर्दछ, साथै सुन्दर दृश्यहरू पनि देख्न पाईन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here