शेयर बजारमा उछाल कायमै, नेप्से ४३ अंकले बढ्दा ४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, १८ चैत । साताको तेस्रो कारोबार दिन आजपनि शेयर बजारमा उछाल कायमै रह्यो । बुधबार नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०३ अंकमा पुग्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशत बढी हो ।

आज राम्रो र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार इन्डेक्स ७.४८ अंकले बढेर ४६३.५९ अंकमा पुग्यो ।

बुधबार ट्रेडिङ बाहेक अन्य सबै समु्हको सूचक बढ्यो । ट्रेडिङको सूचक २.२७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक २.६२ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्गको २.३१ प्रतिशत बढ्यो ।

बुधबार कारोबार रकममा पनि सुधार आयो । आज १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज ४ कम्पनीका लगानीकर्ता मालामाल भए । जसमा सबैभन्दा धेरै महिला लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो । अजोड इन्स्योरेन्सको ९.९६ प्रतिशत, ओमी लघसवित्तको ९.९६ प्रतिशत र सानिमा जेनरल इन्स्योरेन्सको ९.९.९२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा राइरङ हाइड्रोपावरको शेयर धनी छन् । हाइड्रोपावरको शेयर मूल्य ३.२९ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीले गर्यो । कम्पनीले ३६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here