७१ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकमको प्रयोगकर्ता २५ लाख नाघे

काठमाडौं, १९ चैत । नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउने प्रयोगकर्ताको संख्या ७० लाख ९० हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर ७० लाख ९२ हजार ८ सय ५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या २५ लाख ४४ हजार ७ सय २४ जना रहेका छन् ।

यो संख्या अघिल्लो महिनाको तुलनामा १ लाख ६१ हजारले धेरै हो । अघिल्लो महिना टेलिकमको फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २ सय ५६ रहेका थिए ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने ८८ लाख ६० हजार ३ सय २२ जना रहेका छन् ।

एनसेलको मात्रै साढे ४३ लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार कुल फोरजी प्रयोगकर्तामध्ये एनसेलको मात्रै फोरजी प्रयोग गर्ने मानिसको संख्या साढे ४३ लाखभन्दा धेरै छ । पछिल्लो तथ्यांक अनुसार अहिले एनसेलको फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९ सय ३६ जना रहेका छन् ।

एनसेलको २४ लाख ९१ हजार ६ सय ५२ जनाले थ्री जी सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने २ लाख २२ हजार १ सय ४५ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।

इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ५४ लाख नाघ्यो

यो संगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ५४ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिना सम्मको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड ५४ लाख १९ हजार ३ सय २५ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here