भारतमा कोरोना संक्रमण वृद्धिमा नयाँ रेकर्ड

काठमाडौं, २१ चैत । भारतमा थप ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि (शुक्रबार) चैत्र २० मा भारतमा यो वर्षको दोस्रो धेरै ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख ९१ हजार १२९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ५९ हजार ९२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार १४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१३ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here