दोस्रो लहरबाट लामो समयसम्म जोगिएको भारत कोरोनाको ‘हटस्पट’

काठमाडौं, २२ चैत । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ ।

नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ । शनिबार एकै दिन करिब ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा भारतमा ७ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ। नयाँ कोरोना संक्रमणको दैनिक थपिएको संख्याको दरलाई हेर्दा शुक्रबारको तुलनामा भारत अमेरिका र ब्राजिलभन्दा अग्रस्थानमा देखिएको छ ।

यस्तै‚ ब्राजिलमा एकै दिन ६९ हजार ६६२ जना संक्रमित थपिँदा २ हराज ८०७ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा करिब ६७ हजार संक्रमित थपिँदा ९१२ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा थप ४६ हजार ६००, टर्कीमा ४२ हजार ३००, पोल्याण्डमा ३० हजार ५०० र जर्मनीमा १८ हजार २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक सातामा थपिएका संक्रमितको औषत संख्या पनि भारतमा अन्य देशभन्दा धेरै रहेको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ ।

महाराष्ट्रमा एकै दिन झण्डै ५० हजार संक्रमित थपिएका छन् भने २ सय ७७ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रसँगै छत्तीसगढ, मध्यप्रदेश र गुजरातमा पनि संक्रमण तीव्र देखिएको छ । पछिल्लो पाँच महिनायता कुनै साताभित्र औषत संक्रमणदर अहिलेसम्मकै उच्च हो। यो संख्या अहिले दिनानुदिन निरन्तर बढिरहेको छ।

कोरोनाबाट अतिप्रभावित आधादर्जन मुलुकमध्ये भारत दोस्रो लहरबाट लामो समयसम्म जोगिएको थियो। तर, महामारी नियन्त्रण निम्ति लगाइएको प्रतिबन्ध खुकुलो बनाइएपछि अहिले पूरै देश दोस्रो लहरको चपेटामा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here