भारतमा कोेरोना संक्रमण वृद्धिमा रेकर्ड, दैनिक संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं, २३ चैत । भारतमा कोेरोना संक्रमण वृद्धिमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ‍१ लाख ३ हजार ७९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७७ जनाको मृत्यु भएको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८३० छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here