दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, चैत मसान्त भित्रै नतिरे जरिवाना

काठमाडौं, २४ चैत । सरकारले चैत मसान्त भित्रै दोस्रो किस्ताको कर तिर्न आग्रह गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम दाखिला गर्न आग्रह गरेको हो ।

आयकर ऐन २०५८ को दफा ९४ को उपदफा १ मा भएको ब्यबस्था अनुसार विभागले कर रकम दाखिला गर्न आग्रह गरेको छ ।

विभागले सम्बन्धित ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्यालयमा कर रकम दाखिला गर्न आग्रह गरेको हो । समयमा नै कर तिरेर ऐन बमोजिन शुल्क जरिवाना तथा ब्याजबाट बच्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here