काठमाडौं, २४ चैत । मंगलबार कारोबार शुरु भएको ३० मिनेटमा २ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको छ ।
आइतबार ११ बजेर ३० मिनेट सम्ममा एनआइसी एशिया लघुवित्त, ओमी माइक्रोफाइनान्सको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको हो ।
सर्किट लागेसँगै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य १०५ रुपैयाँ बढेर ११६२ रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै ओमी माइक्रोफाइनान्सको शेयर मूल्य १६५ रुपैयाँ बढेर १८२३ रुपैयाँमा कारोबार भैरहेको छ ।