ज्योति लाइफको आइपीओ बुधबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, २४ चैत । ज्योति लाइफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएसँगै बुधबारबाट
दोस्रो बजारमा कारोबारहुन लागेको हो ।

जसको लागि कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।

सोहीअनुसार यो कम्पनीको शेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो। स्पेसल प्रिसेसन (बिहान १०ः३०–१०ः४५ बजे) मा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र किनबेच भएमा नियमितमा कारोबार खुल्नेछ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here