नेप्सेले फेरि बनायो नयाँ रेकर्ड, १४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २४ चैत । शेयर बजारले फेरि इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । सोमबार इतिहासकै उच्च विन्दुको कीर्तिमान बनाएको नेप्सेले उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार नेप्स २६७४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६५८.७४ विन्दुको रेकर्ड बनाएको थियो । आज शेयर बजार मापक सूचक नेप्से १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । आज बैंकिङ समूह १ अंकमुनि रातो रह्यो। ब्यापार ४३२, फाइनान्स ३, निर्जीवन बीमा २८७, अन्य ३ र जीवन बीमा समूह १९१ अंकले घटेका छन्।

होटल तथा पर्यटन २०५, विकास बैंक २९, जलविद्युत ११४, उत्पादन १८३, माइक्रोफाइनान्स ६४ र लगानी समूह २ अंकले बढेका छन्। चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदिमर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ।

ओमी माइक्रोफाइनान्स, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिवश्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रसुवागढीको मूल्य ९.३ प्रतिशतले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here