मंगलबार लगानीकर्ताको सर्वाधिक रोजाइमा ‘निफ्रा’, कति भयो कारोबार ?

काठमाडौं, २४ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर मंगलबार सार्वाधिक रोजाइमा परेको छ ।

सोमबार तेस्रो नम्बरमा परेको निफ्रा आज कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको हो ।

त्यसदिन निफ्राको ३९ करोड ८० लाख ५७ हजार २३६ रुपैयाँ बराबरको ६ लाख ७२ हजार ५९१ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५७६ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर २९ रुपैयाँ बढ्दै ६०५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

चिलिमे हाइड्रोपावर लगानीकर्ताको दोस्रो रोजाइमा परेको छ ।

त्यसदिन चिलिमेको ३१ करोड १० लाख ६३ हजार ९५५ रुपैयाँ बराबरको ४ लाख ६६ हजार ५८८ कित्ता शेयर खरिद–बिक्री भएको छ। ६२० मा कारोबार खुलेको चिलिमेको शेयर मूल्य ६२ रुपैयाँ बढ्दै ६८२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

अपर तामाकोशी कारोबारको तेस्रो नम्बरमा परेको छ । त्यसदिन अपर तामाकोशीको २९ करोड २० लाख ६० हजार ८३ रुपैयाँ बराबरको ३ लाख १८ हजार ८६६ कित्ता शेयर खरिद–बिक्री भएको छ।

९०८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १ रुपैयाँ घट्दै ९०७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here