ज्योति लाइफको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ दोस्रो बजारमा कारोबार भएको छ । हालै आइपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।

आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको शेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। जसको लागि कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।

साथै, कम्पनीले शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here