चीनले दिएको ‘भेरोसेल खोप’ लगाउन शुरु, को-को परे प्राथमिकतामा ?

फाइलफोटो

काठमाडौं, २५ चैत । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट लगाउन लागेको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा खटिने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि दिइने छ ।

काठमाडौंमा वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी नि:शुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here