चन्द्रगिरी हिल्ससहित ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ चैत । चन्द्रगिरी हिल्ससहित ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बधुबार १२: ४५ बजेसम्ममा चन्द्रगिरी हिल्ससहितको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको हो ।

जसमा सूर्यदय लघुवित्त, एनआइसी एसिया लघुवित्त, चन्द्रगिरी हिल्स र रिलायन्स फाइनान्स, युनिभर्सल पावरुको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको हो ।

चन्द्रागिरीको २३३ रुपैयाँ बढेर २५७७ रुपैयाँ पुगेको छ । सूर्योदयको १८६ रुपैयाँ बढेर २०४७ रुपैयाँ, एनआइसी एसिया लघुवित्तको ११६ रुपैयाँ बढेर १२७८ र रिलायन्स फाइनान्सको २५ रुपैयाँ बढेर २७९ रुपैयाँ पुगेको छ । युनिभर्सल पावरको शेयर मूल्य १६ रुपैयाँ बढेर १८१ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here