ज्योति लाइफको शेयर किन्नेको घुईचो, बेच्न शुन्य

काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको शेयर किन्नेको ओइरो लागेको छ । बुधबारबाट दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको शेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको हो ।

मंगलबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको शेयर आजदेखि कारोबारमा आएको हो । ३६० रुपैयाँ कारोबार खुलेको कम्पनीको १ः१५ बजेसम्म शेयर मूल्य ५.८३ प्रतिशतले बढेर प्रतिकित्ता ३८१ रुपैयाँमा कारोबार भएको छ । सो बेलासम्म ज्यातिको २३० कित्ता कारोबार भएको छ ।

मूल्य खासै नबढे पनि कम्पनीको शेयर किन्न चाहनेको भीड लागेको छ । १ः१५ बजेसम्म कम्पनीको करिब २३ लाख ३० हजार कित्ता भन्दा बढी शेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि शेयर छैन ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here