फेसबुक ह्याक हुन नदिन यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । अहिलेको समयमा सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुक नचलाउने व्यक्ति कमै हुन्छन् ।

बालकदेखी बृद्धसम्मको बढ्दो मोह अनि त्यसमा पनि खाली भएको समयको सदुपयोग र एक्लोपनको साथी पनि । फेसबुकको प्रयोगले एक्लोपनको महसुशबाट धेरै राहत मिल्ने बताउँछन प्रायः मानिस ।

सामाजिक सञ्जालमा आवद्ध हुने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । धेरै मानिसहरु यस्तो हुन्छन् जसको दिन एकपटक फेसबुकमा कुनै प्रकारको सामग्री (स्टोरी, फोटो, स्टाटस तथा अन्य) सेयर नगरी कट्दैन् ।

फेसबुकको माध्यमबाट आफ्ना आफन्त, साथीभाई, तथा परिवारजनलाई आफ्नो बारेमा जानकारी दिने गर्छन् । त्यसमा आएको लाइक, कमेन्ट पढ्छन् र आनन्द मान्छन् । तर, सधैं एकनास हुँदैन् ।

पछिल्लो समय फेसबुक ह्याक भएको घटना बाहिर आईरहेको छ । केही दिन अघि मात्रै संस्थापक मार्क जुकरबर्ग सहित ५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा ह्याक भएको घटना सार्वजनिक भएको थियो ।

यसको अलवा नेपाली कलाकार सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक भएको थियो । ह्याक भएको फेसबुक अकाउन्डबाट ह्याकरले पैसा माग गरेको कुरा दुवैले बताए । यद्यपी यसको आपोपमा एक १४ वर्षिक बालक प्रकाउ परिसकेको छ । त्यसकारण यस्ता घटनाबाट बच्नको लागि विशेष सावधनी अपनाउनुपर्ने हुन्छ ।

फेसबुक चलाउदै गर्दा जान अन्जानमा हुने गरेका गल्तीहरुले हाम्रो जीवनमा विभिन्न प्रकारका प्रभाव पारिरहेको हुन्छ । जसको कारण हाम्रो जीवन नै परिवर्तन हुन्छ ।

यस्ता गल्तीबाट बच्नको लागि यी उपाय अपनाउनुपर्छः

– फेसबुकमा कुनैपनि व्यक्तिगत सूचना वा सामग्री शेयर गर्नुभन्दा पहिले यो सूचनाको फाइदा र बेफाइदाको बारेमा ध्यान दिनुपर्छ । यसका साथै साथीभाई र परिवारमा यो सूचनाले कस्तो प्रभाव पार्छ यो कुरामा पनि ध्यान दिनुपर्छ ।

– रक्सी वा कुनैपनि लागु पदार्थ सेवन गरेको समयमा फेसबुक प्रयोग गर्नुहुँदैन् । यस्तो समयमा कुनै प्रकारको होस् नहुने कारण हामी जस्तोपनि सामग्री शेयर गर्न सक्छौं । त्यसकारण यस्तो समयमा फेसबुकबाट टाढै बस्नुपर्छ ।

– फेसबुकमा आफ्नो व्यक्तिगत सूचनाहरु जस्तै, जन्मेको ठाउँ, पढेको स्कुल, कलेज, बस्ने ठाउँ, कार्यलयको नाम तथा अन्य प्रकारका कुनैपनि व्यक्तिगत सूचना फेसबुकमा राख्नु हुँदैन् । यी सूचनाहरु तपाईंको लागि हानिकारक पनि हुन सक्छ ।

– आफ्नो बच्चाहरु तथा अन्य परिवारका सदस्यहरुको जानकारी जस्तै स्कुल जाने, कलेज जाने, अफिस जाने समय तथा तथा अन्य प्रकारका जानकारी दिनबाट पनि बच्नुपर्छ । सकेसम्म आफ्नो बच्चाको फोटो फेसबुकमा राख्नु हुदैन् ।

– नयाँ कार, बाईक तथा अन्य प्रकारका नयाँ घटनाको बारेमा फेसबुकमा जानकारी दिनु हुन्दैन् । यसका साथै फेसबुकमा केही नराम्रो र गलत भ्रम पैदा गर्ने घटनाहरु तथा बिबाद पैदा गर्ने रामग्रीहरु राख्नु हुदैन् । यस्तो अवस्थामा तपाईंलाई साईबर क्राईमको मुद्धा लाग्नसक्छ ।

– आफ्नो व्यक्तिगत सम्पत्तिहरु जस्तै, नागरीकता, पासपोर्ट, सर्टिफिकेट तथा आफूले यात्रा गर्न लागेको स्थानको बारेमा जानकारी दिनु राम्रो हुँदैन् । यी सूचनाहरुको सहयोगमा कोही तपाईंको निगरानी गरिरहेको हुनसक्छ ।

– हरेक फोटोमा सम्बन्धीत भन्दा बाहिरका मानिसहरुलाई ट्याग गर्दै फोटो राख्नु पनि हानिकारक हुनसक्छ । त्यसकारण सकेसम्म ट्याग गर्नुहुँदैन् यदी ट्याग गर्नुपरेमा सम्बन्धीत मानिसलाई बाहेक अरुलाई ट्याग गर्नुहुँदैन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here