बुधबार लगानीकर्ताको सर्वाधिक रोजाइमा ‘निफ्रा’, कति भयो कारोबार ?

काठमाडौं, २५ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर बुधबार सार्वाधिक रोजाइमा परेको छ ।

मंगलबार पनि पहिलो नम्बरमा परेको निफ्रा आज पनि कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा नै देखिएको हो ।

आज निफ्राको २७ करोड ६३ लाख १३ हजार ५८१ रुपैयाँ बराबरको ४ लाख ६८ हजार ५८९ कित्ता शेयर खरिद–बिक्री भएको छ।

प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १४ रुपैयाँ घट्दै ५९२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

चिलिमे हाइड्रोपावर लगानीकर्ताको दोस्रो रोजाइमा परेको छ । आज चिलिमेले २२ करोड १५ लाख ३४ हजार ८२२ रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here