थप २९८ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना डिस्चार्ज

काठमाडौं, २५ चैत । नेपालमा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएकोपीसीआर परीक्षण गर्दा २९८जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५२९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या २ हजार २ सय १ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here