अजोड इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित

काठमाडौं २५ चैत । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी बृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित भएको छ ।

कम्पनी बीमा समितिको निर्देशन अनुसार कम्पनीको बुधबार बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो ।

अजोड इन्स्योरेन्सको यही चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

हकप्रद निष्काशनको सूचना आउनु अघि नै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो।

हकप्रदको सूचना सार्वजनिक हुनुअघि आस्भाविक रुपले कम्पनीको शेयरमूल्य बढेपछि अजोडमाथि सूचना चुहाएको आरोप लाग्दै आएको छ।

बीमा समितिको यही चैत २३ गतेको पत्रानुसार कम्पनीले प्रस्ताव गरेको पूँजी बृद्धि र हकप्रद जारी गर्ने निर्णय स्थगित गरिएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here