प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २६ चैत । सुनको भाउ बिहीबार प्रतितोला १००० रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला १००० रुपैयाँ बढ्दै प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२६० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here