ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २६ चैत । बुधबारदेखि दोस्रो बजारमा आएको ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

कारोबार शुरु भएको दोस्रोदिन १२: ४५ बजेसम्मको कम्पनीको शेयर मूल्य ९.२ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य ३५ रुपैयाँ बढेर ४२३ रुपैयाँमा कारोबार भैरहेको छ । स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको शेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको थियो ।

शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here