सिंगटी हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँड, रूरूको कहिले ?

काठमाडौं २६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बिक्रि प्रबन्धक मेगा क्यापिटललेचैत्र २७ गते आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलले मेरोशेयरमा पटक पटक समस्या आएकोले आइपीओमा बाँडफाँडमा ढिलाई भएको जनाएको छ ।

कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका१०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

आइपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ । ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ । यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ ।

त्यस्तै रुरु जलविद्युत आयोजनाको आइपीओ आगामी साताको शुक्रबार बाँडफाँड गर्ने तयारी थालिएको छ ।

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार रूरू जलविद्युत आयोजनाको प्राथमिक शेयर १६ लाख ७१ हजारले भरेका छन्। त्यसको रुजु गर्ने प्रक्रिया अघिअ बढी सकेको कारण अर्को हप्तामा बाँडफाँड गर्ने तयारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here