बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

फाइलफोटो

काठमाडौं, २६ चैत । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको मन्त्रायलले जनारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ । कोरोना भाइरस कोभिड—१९ को संक्रमण बढ्दै गएकाले सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here