शेयर बजारमा सामान्य सुधार, ६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २६ चैत । साताको अन्तिम कारोबार दिन आज केही सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३६ अंकमा पुगेको छ ।

आज राम्रा र बलिया कम्पनीको शेयर मूल्य भने घट्यो । आज सेन्सेटिभ ०.२८ अंकले घटेर ४७६.५१ अंकमा झरेको छ ।

बिहीबार फाइनान्स, लघुवित्त, विकास बैंक, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, सामुहिक लगानी कोष र बैकिङ्ग बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्सको सूचक बढ्यो । फाइनान्सको सूचक ३.१८ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्तको २.०९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको घट्यो । समुहको सूचक १.०७ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको ०.८८ प्रतिशत घट्यो ।

आज २०७ कम्पनीको १ करोड २५ लाख ८६ हजार १२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार ६ कम्पनीका लगानीकर्ता मालामाल भए । मालामाल हुनेमा एनआइसी एसिया लघुवित्त, ग्रिनलाइ हाइड्रो, ज्योति लाइफ इन्स्योरेन्स, बहुउदेश्य फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आइएमई लघुवित्तका शेयर धनी छन् ।

सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ४.४२ प्रतिशत बढ्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार अपर लामाकोशी हाइड्रोपावरले गर्यो । कम्पनीले ३५ करोड ८५ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here