मेस्सीका कारण रियलले धेरै उपाधि जित्न पाएन : रामोस

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीका कारण रियल मड्रिडले धेरै उपाधी जित्न नसकेको रियल मड्रिडका कप्तान सर्जियो रामोसले बताएका छन् ।

‘द लिजेन्ड सर्जियो रामोस’ नामक वृत्तचित्र सार्वजनिक गर्नेक्रममा रामोसले मेस्सी क्याप नोउमा नभएको भए क्याटलान क्लबले भन्दा धेरै उपाधि रियलले जित्न सक्ने बताएका हुन् ।

स्पेनिस स्टार रामोसले रियलबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तर ला लिगाको उपाधि भने पाँच पटक मात्र जितेका छन्, जुन मेस्सीको भन्दा आधा कम हो । मेस्सीले दस पटक ला लिगको उपाधि जितेका छन् ।

‘पछिल्ला केही वर्षयता हामीले मेस्सीलाई भोग्नुपरेको छ’, उनले भने, ‘यदि, उनी बार्सिलोनामा थिएनन् भने हामीले बार्सिलोनाभन्दा धेरै उपाधिहरू जित्नेथियौँ । एउटा समय थियो जब हामी उत्कृष्ट बार्सिलोनाको सामना गर्थ्यौँ । हामीसँग जोसे मौरिन्होजस्ता उत्कृष्ट कोच थिए । त्यै पनि हामीलाई उनीहरूमाथि जित निकाल्न गाह्रो हुन्थ्यो ।’

‘हामीले धेरै जितेनौँ र त्यसका लागि धेरै समस्याहरू थिए । कारण भनेको कि उनीहरू हुन् कि त हामी आफैँ हौँ’, उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here