लगानीकर्ताको रोजाइमा ‘निफ्रा’,अपर तामाकोशीदेखि चन्द्रागिरिसम्म, कुनको कारोबार कति ?

काठमाडौं, २६ चैत । साताको कारोबार हुने अन्तिमदिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । बुधबार पहिलो नम्बरमा पारेको निफ्रालाई पछि पार्दै अपर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको हो ।

त्यसदिन अपर तामाकोशीको ३७ करोड १३ लाख ४४ हजार ११३ रुपैयाँ बराबरको ४ लाख १० हजार ३२८ कित्ता शेयर खरिद–बिक्री भएको छ।

८९१ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १ रुपैयाँ घट्दै ८९२ रुपैयाँमा कारेबार बन्द भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको दोस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २५ करोड ५५ लाख २४ हजार १४९ रुपैयाँ बराबरको ४ लाख ३२ हजार ५०१ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५९२ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ३ रुपैयाँ घटेर ५८९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा नेपाल बैंक लिमिटेडको शेयर परेको छ । त्यसदिन नेपाल बैंकका २४ करोड ७ लाख २४ हजार ७३८ रुपैयाँ बराबरको ५ लाख ४५ हजार ५८५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

४४१ रुपैयाँमा कारोबार खुलेको नेपाल बैंकको शेयर ४ रुपैयाँ बढेर ४४५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको चौंथो नम्बरमा चन्द्रागिरि हिल्सको शेयर परेको छ । त्यसदिन चन्द्रागिरि हिल्सको २२ करोड ४४ लाख ११ हजार ८४४ रुपैयाँ बराबरको ८४ हजार ३१५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

२५७८ रुपैयाँमा कारोबार खुलेको चन्द्रगिरीको शेयर ४७ रुपैयाँ बढेर २५२६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौ नम्बरमा नबिल बैंकको शेयर परेको छ । उक्त कम्पनीको १८ करोड १७ लाख ५० हजार ९७७ रुपैयाँ बराबरको १ लाख ३६ हजार ९१४ कित्ता शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here