गर्मीमा मेकअप गर्दा के कुरामा ध्यान दिने ?

काठमाडौं । सामान्य रुपमा भन्नुपर्दा सुन्दर देखिनको लागि मेकअप गर्ने गरिन्छ । मेकअपले हाम्रो सुन्दरता निखारी एक अलगै र आकर्षक लुक्स प्रदान गर्छ ।

तर, मेकअप गर्दा पनि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ किनभने मेकअप राम्रोसँग गरिएन भने यसले सुन्दरता निखार्नुको सट्टा भद्दा देखिन सक्छ ।

विशेषगरी गर्मी मौसममा सुन्दर देखिनु आफैमा एक चुनौती हो । किनभने गर्मी मौसममा एक त छाला सम्बन्धि समस्याहरु बढ्ने खतरा हुन्छ भने घरबाट निस्किएपछि लामो समयसम्म मेकअपलाई बचाईराख्न पनि गाह्रो हुन्छ ।

हरेक मौसममा हामी सुन्दर देखिन सक्छौं तर, त्यसको लागि केही खास कुरामा ध्यान दिनुपर्छ । खासगरी गर्मी मौसममा चर्को घाम र शरीरबाट निस्कने पसिना बीच आफ्नो मेकअपलाई बचाई राख्न अत्यन्त कठिन हुन्छ । यो मौसममा पसिनाको कारण मेकअप लामो समयसम्म रहिरहदैन ।

हामीले गर्मी मौसममा शरीरका अंगहरुलाई घामको खतरनाक अल्ट्राभायलेट किरणबाट बचाउनको लागि विशेष ख्याल गर्नुपर्छ । यो समयमा सबैभन्दा ठुलो चुनौती घामबाट हाम्रो शरीरका अंग डढ्न नदिनु पनि एक हो ।

कस्तो मेकअप गर्ने ?

– मेकअप एक्सर्पटका अनुसार गर्मी मौसममा ब्राइट मेकअपको सट्टामा लाईट मेकअपको प्रयोग गर्नुपर्दछ । त्यस्तै मेक अप गर्दा सकेसम्म थोरै मेक अप गर्नुपर्छ ।

– त्यस्तै गर्मी मौसममा शरीरका अंगहरुलाई घामको हानिकारक किरणहरुबाट बचाई राख्नको लागि सन स्क्रिन लोसनको प्रयोग गर्नु अत्यन्त आवश्यक छ ।

– जहिले पनि घरबाहिर निस्कनु अगाडि करिब २० मिनेट पहिले नै यस्तो लोसन लगाउन पर्छ ।

– मेकअपको कारण तपाई सुन्दर देखिनु हुन्छ तर सुन्दर देखिनको लागि मेकअप सङ्गै कपालमा पनि ध्यान दिनु आवश्यक हुन्छ । गर्मी मौसममा पसिनाको कारण कपाल धेरै छिटो छालाहरुमा टाँसिने गर्छ ।

– हेयर एण्ड व्युटी एक्सपर्टका अनुसार यस्तो मौसममा कपाललाई खुल्ला छोड्नु भन्दा बाँध्नु नै ठिक हुन्छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here