जीवनभर स्वस्थ रहन चाहनुहुन्छ ? आजैबाट गर्नुहोस् यी ५ काम

काठमाडौं । आफ्नो स्वास्थ्य राम्रो बनाउने चाहना जोकोहीलाई हुन्छ। स्वस्थ शरीरको लागि सबैभन्दा महत्वपूर्ण कुरा स्वस्थ आहार हो। आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा तल दिइएका खानेकुरा खाँदा आफ्नो शरीरलाई निरोगी र स्वस्थ बनाउन सकिने अध्ययनले देखाएको छ।

विश्वका हरेक व्यक्ति कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रस्त छन् । जीवनको हडबडमा यति व्यस्त भइसकेको छ कि ऊसँग सुत्ने समय छैन न त स्वस्थ आहार खाने ।

यस्ता क्रियाकलापले शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा, तपाईंको खाना र जीवनशैलीमा केही मात्रामा मात्रै परिवर्तन गर्दा मात्रै पनि गुणस्तीय जीवनयापन गर्न सकिन्छ । जसको कारण जीवनभरी नै स्वस्थ रहन मद्दत गर्छ ।

जीवनभर स्वस्थ रहनको लागि आजैबाट गर्नुहोस् यी काम :

१. स्वस्थ खाना खानुहोस्

सन्तुलित आहार स्वस्थ जीवनको लागि धेरै महत्त्वपूर्ण हुन्छ । विशेषज्ञहरु एक दिनमा कम्तिमा तीनपटक स्वस्थ र पौष्टिक खाना खाने सल्लाह दिन्छन् । तपाईंको खानामा विशेष गरी फलफुल, तरकारी, सम्पूर्ण अन्न, प्रोटीनयुक्त खाद्य पदार्थहरू समावेश हुनुपर्छ । राम्रो सन्तुलित आहारले तपाईंलाई राम्रो पोषण दिन्छ ।

२. पूरा निन्द्रा

स्वस्थ रहनको लागि राम्रो निद्रा प्राप्त गर्नु आवश्यक छ । धेरै अध्ययनले यो पनि प्रमाणित गरेको छ कि निन्द्राको अभाव मोटापन र मुटु रोग लगायतका धेरै रोगहरूको कारण हो । तसर्थ, सबै उमेरका व्यक्तिहरूले मानसिक थकान कम गर्न राम्रो निद्रा प्राप्त गर्नुपर्दछ । यदि तपाईंलाई रातमा निदाउनमा समस्या छ, भने निम्न विधिबाट निद्रा सुधार गर्नुहोस् ।

– दिनमा कफी पिउनबाट जोगिनुहोस्

– ओछ्यानमा जाने समय एउटै बनाउने र प्रत्येक दिन निश्चित समयमा उठ्ने प्रयास गर्नुहोस्

– अधिक प्रकाश भएको कोठामा नसुत्नुहोस्

– सुत्ने केही घण्टा अघि तपाईंको घरमा बत्तीहरू कम गर्नुहोस्, यसले तपाईंलाई छिटो निदाउन मद्दत गर्छ ।

३. तनावबाट टाढा बस्नुहोस्

तनाव तपाईंको स्वास्थ्य समस्याको लागि मुख्य रुपमा जिम्मेवार छ । तनाव धेरै लिने बानीले मोटोपन बढाउनुका साथै, बिमारी पनि निम्त्याउन सक्छ । जीवनमा कुन कुरालाई मुख्य मान्यता दिने भन्ने कुरामा ध्यान दिनुपर्छ । यदि तपाईंले यो कुरालाई मनन गर्नु भयो भने तनाव नियन्त्रण गर्न सजिलो हुनेछ ।

४. मानसिक स्वास्थ्यलाई ध्यान दिनुहोस्

जीवनका आवश्यकताहरू पूरा गर्ने प्रयासमा हामी आफ्नो मानसिक स्वास्थ्यलाई बिर्सन्छौं । तर, राम्रो मानसिक स्वास्थ्य समग्र स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । यो बिर्सनु हुँदैन कि हाम्रो मानसिक स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको जग हो । योग र ध्यान मानसिक स्वास्थ्य को लागी राम्रो विकल्प हो । यस बाहेक, केहि राम्रा कामहरुमा आफूलाई सामेल गर्नुहोस् र खुशी हुनुहोस् ।

५. व्यायाम गर्नुहोस्

व्यायाम तपाईंलाई स्वस्थ र सक्रिय राख्नको लागि एक उत्तम उपाय हो । अमेरिकी हार्ट एसोसिएशनले स्वस्थ रहनको लागि हप्तामा १५० मिनेट व्यायाम गर्नुपर्ने कुरा सिफारिस गरेको छ । तपाईंले कसरत गर्दा जति रमाइलो गर्नुहुन्छ, तपाईंलाई त्यति नै फाइदा हुन्छ । व्यायाम समयमा, नृत्य एरोबिक्स जस्तै केहि गतिविधिहरु संलग्न हुन सक्छ ।

यहाँ उल्लेखित यी महत्त्वपूर्ण नियमहरू तपाईंको दैनिक तालिकामा समावेश गर्नुहोस् । यसले तपाईको शरीर र दिमागलाई स्वस्थ मात्रै राख्दैन भित्रि मनमा खुशी पनि दिनेछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here