रोलिगं नेक्ससको आईपिएल प्रेडिक्ट एण्ड विन योजना, २५ हजार रुपैंयासम्म जित्ने मौंका

काठमाडौं, २६ चैत । रोलिगं नेक्ससले नेपालमा खेलकुद र विशेष गरि क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ ।

२५ हजार रुपैंयासम्म जित्न सकिने प्रेडिक्ट एण्ड विन योजना शुक्रवारबाट भारतमा शुरु हुनलागेको आइपिएल (इण्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिगं नेक्ससले बताएको छ । आईपिएल सिजनको पहिलो विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहारहरु पाउनेछन् ।

रोलिगं नेक्सस डट कम लगइन गरि अथवा मोवाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिने रोलिगं नेक्ससका एचआर म्यानेजर रंजित थापाले जानकारी दिए । नेपाली खेलप्रेमी युवामाझ क्रिकेटको लोकप्रिययता बढीरहेको देखेर उनीहरुलाई लक्षित गर्दै यस्तो योजना शुरु गरेको थापाले जानकारी दिए ।

चार वटा सिद्धान्तहरु रोजगारी, उधमशीलता , सशक्तिकरण र संलग्नतामा आधारित रहेर सञ्चालनमा आएको रोलिगं नेक्ससले आफ्नो चौथो सिद्धान्त संलग्नतालाई बढाउन युवाहरुमाझ प्रेडिक्ट एण्ड विन योजना ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here