सिंगटी हाइड्रोको आइपीओ शुक्रबार बिहान बाँडफाँड

काठमाडौं, २६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले चैत्र २७ गते आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलले मेरोशेयरमा पटक पटक समस्या आएकोले आइपीओमा बाँडफाँडमा ढिलाई भएको जनाएको छ ।

कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

आइपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ । ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ ।

यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here