नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, कार्डवाहकलाई यस्ता छन् छुट सुविधा

काठमाडौं, २६ चैत । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवसरमा आफ्ना ग्राहकका लागि ‘क्यासब्याक’ अफर ल्याएको छ।

दराजसँगको साझेदारीमा यही चैत २९ गतेदेखि आउँदो वैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत सपिङ गर्दा १५ प्रतिशत छुट वा अधिकतममा रु १ हजार रुपैयाँसम्म क्यासब्याक र क्रेडिट कार्डमार्फत सपिङ गर्दा २० प्रतिशत छुट वा अधिकतममा रु १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।

उक्त अफर सुरु हुनमात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन्।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकले ११९ शाखा, १७५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन्।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।