बीएफआइएनको ५५ हजार कित्ता आइपीओ आउँदै

काठमाडौं, २७ चैत । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआइएन) ले पनि प्राथमिक साधरण शेयर आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

आइपीओ निष्काशन गर्न बीएफआइएलले एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा बीएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here