शनिबार बैंकहरूका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले विहिबार एक सूचना जारी गर्दै घोडेजात्राको पर्वमा आइतबार उपत्यकाका सार्वजनिक बिदा हुनेभएपनि बैंकका शाखा खोल्न निर्देशन दिएको हो ।

चैत २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परे पनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्रबैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here