यस्ता छन् कागती पानीले स्वास्थ्यमा पुर्याउने फाइदा

काठमाडौं । कागतीलाई भिटामिन सी पर्याप्त मात्रामा पाइने आन्तरिक एवं बाह्य स्वास्थ्यको रक्षाका लागि प्रयोग गर्न सकिन्छ । कागती एक अम्ल पदार्थ हो, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ ।

कागती खानुका केही फाइदाः

– कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ । प्रशस्त मात्रामा यस्तो कागती पानी पिउनाले अनुहारमा डण्डीफोर हटाउन मद्दत पुग्छ ।

– कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ, कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यवर्धक फल हो । यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ ।

– खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ । साथै यसले मोटोपन घटाउन समेत मद्दत गर्छ, कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन् ।

– पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ । पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ ।

– कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ। कागतीको रसमा जिराको धुलो राखेर पिउनाले लामो यात्रामा बान्ता हुने समस्या आउँदैन । लामो यात्रामा बान्ता होला जस्तो भएमा कागती सुँघ्नाले पनि फाइदा पुग्छ ।

– गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ । कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ । अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ । कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here