थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, २७ चैत । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here