चेम्बरको अध्यक्षमा राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं, २७ चैत । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चयन भएका छन् । चेम्बरको ७० औं वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्।

चेम्बरको उपाध्यक्षहरुमा वाणिज्यतर्फबाट दिपक मलहोत्रा, जिल्लाबाट दिपक श्रेष्ठ, उद्योगबाट उर्मिला श्रेष्ठ, बस्तुगतबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागतबाट त्रिभुवन तुलाधर चयन भए ।

यसअघि चेम्बरको सर्वसम्मत रुपमा ५५ सदस्यीय कार्यसमिति सदस्य चयन भैसकेको थियो । वाणिज्यतर्फ १५ जना चुनिएका छन्। उद्योगतर्फ ९ जना, वस्तुगत संघतर्फ पनि ९ जना चुनिएका छन्।

यस्तै आबद्धतर्फ ३ जना चुनिएका छन्। जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल छन्।

यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपकर कुँवर र त्रिभुवनधर तुलाधर छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् ।

यी हुन ५५ जना कार्यसमिति सदस्य

वाणिज्य तर्फ (१५)

१ कमलेश कुमार अग्रवाल
२ दिपक कुमार मल्होत्रा
३ मनोज कुमार केडिया
४ निलकण्ठ चौलागाई
५ सन्तोष कुमार पाण्डे
६ नवराज ढकाल
७ राष्ट्रभुषण चाकुबजी
८ राजु श्रेष्ठ
९ दिपक काजी तुलाधर
१० सुरेन्द्र कुमार सारदा
११ निरज राई
१२ राम श्रेष्ठ
१३ टिकाराम शर्मा ढुंगेल
१४ अशोक कुमार अग्रवाल
१५ कैलाशचन्द्र गोयल

उद्योग तर्फ (९)

१ राजेन्द्र मल्ल
२ राजेन्द्र प्रसाद अर्याल
३ किशोर कुमार अग्रवाल
४ सुमित कुमार अग्रवाल
५ सुवास चन्द्र संघाई
६ नरेन्द्र बल्लभ पन्त
७ सुधिर मित्तल
८ उर्मिला श्रेष्ठ
९ दिपेश रत्न तुलाधर

जिल्ला तर्फ (१५)

१ ओम कृष्ण विमली
२ विजय साह
३ पंकज जालान
४ दीर्घमान श्रेष्ठ
५ महादेव पोखरेल
६ भाईचन्द्र श्रेष्ठ
७ दिपक श्रेष्ठ
८ भिमलाल पौड्याल
९ सतिस कुमार अग्रवाल
१० रोसन भोयद्यो
११ नन्द कुमारी लम्साल(निर्मला )
१२ सुगन्ध कुमार गुप्ता
१३ सुशिल पाण्डेय
१४ तुफान खड्का (तिलक)
१५ कृष्णमान श्रेष्ठ

नगर तर्फ (१)

१ मन्जु बज्राचार्य

वस्तुगत संघ तर्फ (९)

१ अर्जुन प्रसाद शर्मा
२ सुरेन्द्र कुमार श्रेष्ठ
३ रमेश महर्जन
४ मृगेन्द्र मेहेर श्रेष्ठ
५ रत्नतारा तुलाधर
६ मनोहर दास मुल
७ संजय कुमार अग्रवाल
८ सुरेन्द्र भाई शाक्य
९ किरण कुमार डंगोल

द्विराष्ट्रिय संस्थागत (३)

१ त्रिभुवन धर तुलाधर
२ दिपक कुवर
३ विनायक शाह

आवद्ध तर्फ (३)

१ देबेन्द्र भक्त श्रेष्ठ
२ राजारत्न तुलाधर
३ पर्शुराम दाहाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here