असार मसान्तसम्म सबै संगठित संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह

काठमाडौं, २७ चैत । सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तसम्म सरोकारवाला सबै निजी तथा संगठित संस्थाहरूलाई कोषमा सूचीकृत हुन आग्रह गरेको छ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै कोषले एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

असार मसान्तसम्म सूचीकरण गरी समाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले दिएको सुविधा उपयोग गर्नुका साथै ऐनको दफा १९ र २० एवं संविधानको धारा ३४ को पूर्ण परिपालन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,” कोषले एक सूचनामा भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here